© २०२३
काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजी आन्दोलन शान्तिपूर्ण दिशा तर्फ उन्मुख हुनु सकारात्मक संकेत भएको बताएका छन् ।
भट्टराईले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्व वा अल्पज्ञानी जनसाधारणले जस्तो सोच्न सक्ने अवस्था, देश संविधानविहीन वा राज्यविहीन शून्यतामा पुगेको छैन भनेका छन् ।
उनले भने, “सरकारले राजीनामा गरे पनि लोकतन्त्रका आधारभूत अङ्गहरू संविधान, संसद, राष्ट्राध्यक्ष (राष्ट्रपति ,उपराष्ट्रपति) र राज्यका स्थायी संरचनाहरू यथावत् कायम छन् । नयाँ नेपालका अगुवा जेनजीले यी संरचनामा टेकेर अघि बढ्न सक्नुहुन्छ । नत्र, सतही कदम चाल्दा ठूलो जोखिम हुनसक्छ ।”
भट्टराईले थपे, “अहिले तत्काल जरुरी विषय भनेको आन्दोलनमा उठेका मागहरूको सम्बोधन गर्नु र छिटो नयाँ आमचुनावको निम्ति आन्दोलनकारीहरू समेतको सिफारिस र सहभागितामा अन्तरिम सरकार गठन गर्नु हो । यो सबै विद्यमान संविधानको ढाँचाभित्रै गर्नुपर्छ, अन्यथा ठूलो अनिष्ट हुन सक्छ ।”