Butwal Today

प्रदर्शनमा घाइते भएका थप दुईको मृत्यु

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, २५ भदौ ।

मंगलबार काठमाडौंको कालिमाटीमा भएको प्रदर्शनका क्रममा घाइते भएका थप दुई जनाको निधन भएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

दुवै जनालाई पेटमा गोली लागेको अवस्थामा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको ज्यान गएको बयोधा अस्पतालले जनाएको छ ।

हाल सोही अस्पतालमा प्रदर्शनमा घाइते भएका थप ९ जनाको उपचार जारी छ ।