© २०२३
काठमाडौं, २५ भदौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुका ६ बजेसम्मका लागि बन्द गरिएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्मका लागि नियमित सबै उडान स्थगित गरिएको हो । यद्यपि, आपत्कालीन तथा मेडिकल उडान भने सञ्चालनमा रहनेछन् ।
यसअघि बिहान १२ बजेसम्मका लागि मात्र विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो । तर, उपत्यकाका विभिन्न स्थानमा भएका आगजनी घटनाका कारण विमानस्थल वरपरको क्षेत्रमा बाक्लो धुवाँ देखिएको र उडान मार्गमा सुरक्षासम्बन्धी गम्भीर जोखिम देखिएकोले समय थप गरेर बेलुका ६ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय लिइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार धुवाँ तथा अन्य जोखिमका कारण अवतरण तथा उडान दुबै प्रक्रियामा असर परेकाले यात्रु तथा जहाजको सुरक्षालाई ध्यानमा राखी यस्तो कदम चालिएको हो ।