© 2026
सुर्खेत,२५ भदौ ।
देशभरका कारागारहरुबाट कैदीबन्दी भागेको सूचना आइरहेको बेला सुर्खेत कारागारमा भने सुरक्षा कडा रहेको छ ।
जेनजीहरुको आन्दोलनको मौका उठाउँदै कारागारका पर्खाल तथा गेट तोड्दै कैदीबन्दीहरु भगिरहेको भएतापनि सुर्खेतमा भने सुरक्षित अवस्था रहेको कारागार प्रशासन प्रमुख लक्ष्मी खरेलले जानकारी दिइन् । ‘अहिलेसम्म यहाँको वातावरण शान्त रहेको छ’ प्रशासन प्रमुख खरेलले कारागार प्रशासन प्रमुख खरेलले भनिन्, ‘यहाँको सुरक्षा कडा पारिएको छ, कुनै पनि घटना हुन पाएको छैन ।’ कारागारको सुरक्षामा प्रहरी र सेनालाई खटाइएको छ ।
हाल सुर्खेत कारागारमा चार सय १६ जना कैदीबन्दीहरु रहेका छन् ।