ट्रेंडिंग:

>> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी

रविको प्रस्टीकरण: म आफै निस्किएको होइन, भिड बढेपछि कारागारले जबर्जस्ती निकालेको हो

२५ भाद्र २०८२, बुधबार
२५ भाद्र २०८२, बुधबार

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नख्खु कारागारबाट स्वेच्छाले ननिस्किएको दाबी गरेका छन् । उनले कारागार प्रशासनले भिड नियन्त्रण गर्न नसक्ने अवस्थामा आफूलाई जबरजस्ती बाहिर निकालेको स्पष्ट पारेका छन् ।

मंगलबार नख्खु कारागारबाट निस्किएपछि सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत लामिछानेले भने, “मैले बिनापत्र जान्न सक्दिन भनेको थिएँ । तर कारागारले जस्तो पत्र दियो, त्यो जस्ताको त्यस्तै सार्वजनिक गरिसकेको छु ।”

उनले पुनः कारागार जान तयार रहेको बताउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई आफूलाई नियन्त्रणमा लिन वा कारागारमा फर्काउन आग्रह गरेको पनि खुलाए ।

तर, सुरक्षाका लागि जिम्मेवार निकायहरूले “तपाईं आफैँ सुरक्षित रहनुहोस्, सुरक्षा दिन सक्दैनौं” भन्ने जवाफ दिएको उनी बताउँछन् । यसै कारण उनले न्यायिक निकायहरूलाई घटनाबारे जानकारी गराइसकेको दाबी गरेका छन् ।

रवि लामिछानेले आफूमाथि भइरहेका कारबाहीहरूलाई राजनीतिक प्रतिशोधको निरन्तरता बताएका छन् । उनले आफू सरकार बनाउने वा कुनै सत्ताको दौडमा नरहेको स्पष्ट गर्दै भने, “कसैसँग कुनै बैठक गरेको छैन ।

मेरो नाममा विवाद गर्नु आवश्यक छैन। म कुनै रेसमा छैन, यो देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, नागरिक सर्वोच्चता रहनुपर्छ ।”

उनले जेनजी आन्दोलनको नेतृत्व युवाहरूले नै गर्नुपर्ने बताएका छन् । आफू कानुनी लडाइँ लडिरहेको र त्यही बाटोबाट अन्यायको प्रतिकार गर्ने अडान दोहोर्‍याएका छन् ।

“ओली, देउवा र गगनहरूले लगाएका झुटा मुद्दा अझै झेलिरहेको छु,” भन्दै उनले ती नेताहरूको कूशासनको प्रत्यक्ष शिकार आफू भएको बताए ।

कारागारबाट निस्केपछि उनले आफू असुरक्षित महसुस गरिरहेको पनि बताए। “सरकार छैन, सुरक्षा निकाय सुरक्षा दिन सक्दैनन्, कारागार ‘जा’ भन्छ, बाहिर भिड छ, आगो बोकेको आक्रोश छ अब भन्नुस्, म बाँच्न पाउँछु कि पाउँदिन ?” उनले प्रश्न गरे ।

लामिछानेले देश, लोकतन्त्र र नागरिक अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भने, “मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता, सुशासन, खुला र पारदर्शी समाज यी लोकतन्त्रका आधारभूत स्तम्भहरूमा म कहिल्यै सम्झौता गर्दिन ।”

उनले आफू सधैं जनताको आमनेसामने रहेको, कठिन समयमै पनि नलुकेर लड्ने अठोट लिएको र राजनीतिमा भुइँमान्छेको हैसियतमा आएको स्पष्ट पारे । “कालकोठरीमा थुन्दा पनि मैले भ्रष्टाचारविरुद्ध लल्कार्ने हिम्मत राखेको छु, यो नबिर्सिनुहोस्,” भन्दै लामिछानेले अडान जनाए ।

उनका अनुसार पछिल्ला केही दिनमा झन्डै ४० लाख नागरिकले राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका छन् । “म संसद्बाट त निकालीएँ, तर जनताको मनबाट म हटेको छैन,” भन्दै उनले सन्देशको अन्त्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?