Butwal Today

गंगा दाहालको जलाइएको निवासमा पुरुषको शव फेला

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २५ भदौ ।

ललितपुरको ढोलाहिटीस्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको निवासमा आगलागीपछि एक पुरुषको शव फेला परेको छ ।

मंगलबारको विरोध प्रदर्शनका क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो । घटनापछि प्रहरीले घरभित्र खोजी गर्दा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको र पहिचान हुन बाँकी रहेको एसएसपी अधिकारीले जानकारी दिए । शवको पहिचान तथा घटनाको बारेमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।