© २०२३
काठमान्डौं, २५ भदौ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परेर घाइते भएकी नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको मृत्यु भएको भनी फैलिएको खबर पूर्णतः असत्य भएको पुष्टि भएको छ ।
पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सामाजिक सञ्जालमार्फत रविलक्ष्मीको निधनसम्बन्धी हल्ला निराधार भएको स्पष्ट पारेका छन् । उनका अनुसार हाल रविलक्ष्मीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ र चिकित्सकहरूले उनलाई खतरामुक्त भनेका छन् ।
हिजोको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित खनाल निवासमा आन्दोलनकारीले आगजनी गर्दा रविलक्ष्मी घरमै थिइन् । झलनाथ खनाल त्यस समय घरबाहिर थिए । आगलागीका बेला समयमै घरबाट ननिस्कन नपाउँदा उनी जलेर घाइते भएकी थिइन् ।
नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन् ।
नेता झलनाथ खनाल हाल अस्पतालमै श्रीमतीको स्याहारमा संलग्न छन्। उनी सकुशल रहेको पनि पुष्टि गरिएको छ।