© २०२३
२५ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, मृतक ललितपुरको सुनाकोठी निवासी २५ वर्षीय सुरज खत्री रहेको पुष्टि भएको छ ।
मंगलबार जेन–जी आन्दोलन उग्र बन्दै गएपछि गंगा दाहालको ढोलाहिटीस्थित घरमा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिइए पनि घरभित्र एक जना व्यक्ति मृत अवस्थामा फेला परेका थिए ।
खत्रीको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।