Butwal Today

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, २४ भदौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार, गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटनाहरू र अन्य परिस्थितिले हवाई सुरक्षा प्रतिकूल हुने भएकाले विमानस्थल बन्द गर्नुपर्ने निर्णय गरिएको हो ।

अहिले आकाशमा रहेका जहाजहरूलाई अवतरण गराइसकेपछि बाँकी सबै उडानहरू रद्द गरिएको छ ।

विमानस्थलको सुरक्षा नेपाली सेनाले सम्हालिरहेको छ ।