Butwal Today

नवलपरासीका ५ स्थानीय तहले दिए शोक बिदा

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

नवलपरासी,पश्चिम् ।

जेनजीको आन्दोलनमा १९ जनाको दुःखद निधन भएपछि  पश्चिम् नवलपरासीका ५ वटा स्थानीय तहले आज शोक बिदा दिएका छन् । जिल्लाको राग्राम नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकाले आज शोक बिदा दिएका हुन ।

स्थानीय तहहरूले मङ्गलबार सूचना जारी गर्दै जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा अप्रत्यासी र अकल्पनीय रूपमा ठुलो सङ्ख्यामा आन्दोलनमा सहभागी युवाको  निधन भएको घटनाले मर्माहत बनाएको उल्लेख गरिएको छ ।

विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न स्थानीय तहहरूले आग्रह गरेका छन् ।

नगरपालिका मातहतका सबै कार्यालयहरू बन्द रहने शोक विज्ञप्तिमा उल्लेख गरिएको छ । पश्चिम् नवलपरासीको सदरमुकाम परासी र बर्दघाटमा समेत जेनजी समूहले आन्दोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?