Butwal Today

जेनजी आन्दोलन: ३ प्रदर्शनकारीको मृत्यु

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २३ भदौ ।

आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीले आन्दोलन नियन्त्रण गर्न गरेको गोली प्रहारमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइते प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । अर्का एक प्रदर्शनकारीको संसद भवनको गेटमा गोली लागेर घटनास्थलमै निधन भएको हो ।

साथै, ट्रमा सेन्टरमा उपचाररत थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ, तर यसबारे आधिकारीक पुष्टि प्राप्त हुन सकेको छैन।

मृत्यु हुने प्रदर्शनकारीहरूको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।