© २०२३
काठमाडौं, २३ भदौ ।
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा करिब ५० जना गम्भीर घाइते भएको खुलेको छ ।
घाइतेको उद्धार र अस्पताल पुर्याउने कार्यमा संलग्न काठमाडौं महानगरपालिकाले करिब ५० जनालाई विभिन्न अस्पतालमा पुर्याइएको जनाएको छ ।
“बानेश्वरबाट घाइते भएका करिब ५० जनालाई हामीले एम्बुलेन्समार्फत विभिन्न अस्पतालमा पुर्याएका हौं । तीमध्ये अधिकांश गोली लागेर गम्भीर घाइते भएका छन्,” एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले बताए । उनका अनुसार सामान्य घाइतेहरूको संख्या छुट्टै रहेको छ ।
महानगरपालिकाले उद्धार गरेका घाइतेलाई सिभिल, ट्रमा, पाटनलगायतका अस्पतालमा पुर्याइएको थियो । केही बिरामीलाई एक अस्पतालमा उपचार सम्भव नभएपछि अर्को अस्पतालमा पनि सारिएको थियो । महानगरपालिका बाहेक अन्य निकायहरूले समेत एम्बुलेन्समार्फत घाइतेहरूलाई विभिन्न अस्पतालमा पुर्याएका थिए ।