© २०२३
काठमान्डौ, २३ भदौ ।
काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ट्रमा सेन्टरमा उपचाररत थप एक जनाको मृत्यु भएपछि मृतक संख्या बढेको हो । मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालका अनुसार ट्रमा सेन्टरमा मात्र ७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिले ५० जना घाइते उपचाररत छन्, जसमा ४ जनाको अवस्था गम्भीर रहेको छ ।
एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ भने सिभिल अस्पतालमा उपचारका क्रममा ३ प्रदर्शनकारीको ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै, काठमाडौँ मेडिकल कलेजमा २ जनाको र शिक्षण अस्पताल ९टिचिङ० मा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। गोपाल सेडाईंले जानकारी दिएका छन् ।
अस्पतालहरूले मृतकहरूको विस्तृत परिचय अझै सार्वजनिक गरेका छैनन् । मृत्यु हुनेमध्ये स्कुले बालबालिका समेत रहेको प्रारम्भिक विवरणमा आएको छ ।
हाल काठमाडौँका विभिन्न अस्पतालमा २ सयभन्दा बढी घाइतेको उपचार भइरहेको र तीमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।