© 2026
काठमाडौं, २२ भदौ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानमा छ भने पश्चिमी भागमा औसतभन्दा केही दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज सोमबार दिउँसो देशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
देशका पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहनेछ ।
कोशी, मधेस र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य पहाड तथा तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।