Butwal Today

सिभिल अस्पताल भित्रै पसेर प्रहरीद्वारा कुटपिट

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २३ भदौ ।

सिभिल अस्पतालमा उपचाररत घाइते र उनका आफन्तहरूले प्रहरीद्वारा अस्पतालभित्रै कुटपिट गरिएको गुनासो गरेका छन् ।

हाल अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ । मृतक र घाइतेका आफन्तहरू अस्पताल परिसरमा भेला भइरहेका बेला प्रहरीबल अस्पतालभित्रै पसेर बल प्रयोग गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन् ।

अस्पतालभित्रै अश्रुग्यास प्रहार भएपछि आकस्मिक कक्षसम्मै धुवाँ पुगेको र यसले स्वास्थ्यकर्मीलाई समेत कठिनाइ भएको गुनासो उनीहरूले गरेका छन् ।

प्रहरीको यस्तो व्यवहारले उपचाररत घाइते, आफन्त र स्वास्थ्यकर्मी सबै त्रसित बनेका छन् ।