© २०२३
काठमाडौं, २३ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालप्रति आफू विरोधी नभएको स्पष्ट पारेका छन् ।
एमालेको दोस्रो विधान सभामा राखिएको धारणासम्बन्धी आफ्नो विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले टिकटकमार्फत् आफूहरु सामाजिक सञ्जालका विरोधी नभएर बेथितिका विरोधी भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले जेनेरेशन जेड ९जेनजी० पुस्तालाई देशको कानुन बुझ्ने र त्यसको पालना गर्ने क्षमतावान भएको उल्लेख गर्दै उनीहरुलाई भड्काउन खोज्नु बेकारको प्रयास रहेको स्पष्ट पारेका छन ।
ओलीका अनुसार, सरकारको दृष्टिकोण सामाजिक सञ्जाललाई निषेध गर्ने नभई, त्यसको दुरुपयोग वा अनावश्यक विवाद सिर्जना गर्ने प्रवृत्तिका विरुद्ध रहेको छ ।