© २०२३
काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले आफ्नो पदमा नबस्ने निर्णय गरेको पार्टीलाई जानकारी दिएका छन् ।
सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो निर्णय सुनाएका हुन् ।
बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार, गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने बताए ।
“आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने भएकाले म पदमा बस्दिनँ,” उनले बैठकमा भनेको उपस्थित नेताले उद्धृत गरेका छन् ।