Butwal Today

मानवीय क्षतिको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकको राजीनामा घोषणा

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले आफ्नो पदमा नबस्ने निर्णय गरेको पार्टीलाई जानकारी दिएका छन् ।

सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो निर्णय सुनाएका हुन् ।

बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार, गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने बताए ।

“आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने भएकाले म पदमा बस्दिनँ,” उनले बैठकमा भनेको उपस्थित नेताले उद्धृत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?