Butwal Today

सुनको मूल्य आज घट्यो

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, २३ भदौ ।

सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ थियो, जुन नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

गएको शुक्रबारदेखि बुधबारसम्म सुनको मूल्य निरन्तर बढ्दै नयाँ कीर्तिमान कायम गर्दै आएको थियो । विशेषगरी सो अवधिमा मूल्य ४ हजार १०० रुपैयाँ बढेको थियो । तर, बिहीबार मूल्य स्थिर रह्यो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर दुई हजार चारसय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको २५ सय पुगेको थियो ।