ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

साक्षर नेपाल घोषणामा ढिलाइ नगर

२३ भाद्र २०८२, सोमबार
२३ भाद्र २०८२, सोमबार

आज ५९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस । अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै गर्दा नेपालमा १३ वटा जिल्ला अझै साक्षर घोषणा भएका छैनन् । ६४ वटा जिल्ला साक्षर घोषणा भैसकेका छन् ।

सरकारले ती १३ जिल्लालाई समेत साक्षर घोषणा गर्नेतर्फ तयारी सुरु गरेको जनाएको छ । घोषणा हुन बाँकीमा मधेस प्रदेशका जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । सरकारले यो वर्ष नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरू सुनिश्चित गर्ने उद्देश्य लिएको छ तर सरकारको तयारीमा ढिलाइ भइरहेको छ ।

साक्षर घोषणा हुन नसकेका जिल्ला किन पछि परे ? चिन्ताको कुरा हो । अर्कोतर्फ पहाडीका मात्रै होइन मधेश प्रदेशका जिल्ला पनि साक्षर घोषणा हुन बाँकी छन् । अव सरकारले ढिलाइ नगरि साक्षर घोषणा गर्नेतर्फ तयारी सुरु गरोस् ।

तयारीको पूर्व सन्ध्यामा तहगत पाठ्यक्रम, सिकाइ मोडलहरू र भाषिक विविधता अनुरूपका डिजिटल सिकाइ सामग्री विकास गर्ने योजनालाई सार्थकता दिनुपर्दछ । प्राविधिक धारमा पारगम्यताकालागि जीवनोपयोगी सीपको समायोजन गर्ने, वैकल्पिक शिक्षण अनुगमन, मूल्याङ्कन तथा सहयोग पद्धति विकास गर्ने, संस्थागत संरचना तथा क्षमताको विकास गरेर साक्षरताको अभियानलाई सार्थक वनाउनेतर्फ प्रयास जरुरी छ ।

जेहोस नेपाल अब करिव करिव साक्षर देश भैसकेको छ । यो खुसीको कुरा हो । नेपालमा साक्षर नेपाल अभियान अन्तर्गत २०६५ र २०६९ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो ।

त्यस्तै २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । २०७१ असारदेखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी भएको थियो । यी सवै अभियानले नेपाललाई साक्षर बनाउने बाटोमा अघि बढाएको छ ।

अवको दिनमा नेपालमा साक्षरहरूको संख्या बढाउनेतर्फ सरकारको ध्यान जानु जरुरी छ । नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ ।

नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेको थियो । एक दशकअघि सुरु गरिएको अभियान अझै निष्कर्षमा पुग्न नसक्नुका पछिको कमजोरी कसको हो ? साक्षरता दिवसको यो अवसरमा यसको खोजी गर्नु जरुरी छ ।

‘न चोर हार्यम् न त भातृ भाज्यम्, विद्या धनं सर्ब धनं प्रधानम् ।’ -न चोरले हरण गर्न सक्छ, न त दाजु भाइमा अंशबण्डा गर्नुपर्छ, विद्या धन नै सबै धनमध्येको प्रमुख धन हो) । नीति शास्त्रमा समेत शिक्षालाई महत्व दिएको छ । शिक्षा भनेको ज्ञान हो ।

मानिससँग दिमागको ठूलो हिस्सा ज्ञान आर्जनको लागि प्रकृतिले निर्माण गरिदिएको छ । यद्यपि त्यसको १० प्रतिशत पनि मानिसले प्रयोग गर्न सकेको छैन । गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी मानिसका नैसर्गिक अधिकार हुन् ।

राज्यले यी आधारभूत सेवा जनतामा निःशुल्क गर्नुपर्छ भन्ने मान्यता छ तर हाम्रोजस्तो मुलुकमा शिक्षालाई नै ब्यापार र मागी खाने भाँडो बनाइएको छ । शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने नारा पञ्चायतको नारा हो ।

साक्षरता दिवसकै सन्दर्भ जोडिँदा अहिलेपनि सरकारी स्कुल न्यूनतम सुविधाबाट बञ्चित छन् । दरवन्दी अनुसारको शिक्षक नहुँदा पढाई प्रभावित भइरहेको छ । यस विषयमा न सरकार, न त स्थानीय सरकार कसैको पनि ध्यान केन्द्रित हुन सकेको छैन् ।

जेहोस सरकारले साक्षरता दिवसको औपचारिकता भन्दा पनि साक्षर घोषणा हुन नसकेका जिल्लामा शिक्षाको पहुँच बृद्धि गरि साक्षरताको अभियान सञ्चालन गरोस् । दिवसको औपचारिकता भन्दा पनि सवै जिल्लालाई साक्षर घोषणा गर्नेतर्फ पहल होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?