© २०२३
पोखरा ।
जेनजी आन्दोलन चर्किएसँगै पोखरामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागू हुने गरी उक्त आदेश जारी गरेकी हुन् ।
उनले जारी गरेको आदेशअनुसार शहीदचोक आसपासको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ । कर्फ्यु क्षेत्र पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैंक चोकसम्म रहने उल्लेख गरिएको छ ।
सोमबारको प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड समेत गरेका थिए ।