Butwal Today

प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

नेपालगञ्ज, २३ भदौ ।

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका क्रममा थुनुवा बनाइएका जानकी गाउँपालिका–६ का ३८ वर्षीय बीरेन्द्रबहादुर सिंहको सोमबार बिहान उपचारकै क्रममा ज्यान गएको हो ।

सिंह तीन दिनदेखि प्रहरी हिरासतमा रहेका थिए । आइतबार राति अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई तत्कालै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी दीपक पातलीका अनुसार मृत्युको कारण अहिले खुलेको छैन । सिंहको शव हाल शिक्षण अस्पताल, कोहलपुरमै राखिएको छ । मृत्युको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।