Butwal Today

प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी सहित ३ पत्रकार घाइते

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २३ भदौ ।

जेनजीको आन्दोलनका क्रममा प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी सहित ३ पत्रकार घाइते भएका छन् ।

संसद भवन परिसर छिरेका प्रदर्शनकारीलाई लखेट्ने क्रममा झडपमा सशस्त्र प्रहरी हवल्दार कुमार लामा र जवान मिलन गुरुङ घाइते भएका हुन् । शस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । त्यसैगरी प्रहरीले चलाएको रबर गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना पनि गोली लागेपछि अस्पताल लगिएको छ भने नेपाल प्रेसकर्मी उमेश कार्कीलाई गोलीको छर्राले सामान्य चोट लागेको बताइएको छ ।

केही आन्दोलनकारीहरू पनि घाइते भएको बताइएको छ ।