Butwal Today

प्रहरीको गोली लागी १ जेन्जी प्रदर्शनकारीको मृत्यु

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, २३ भदौ ।

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेमध्ये एकजनाको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले पुष्टि गरेका छन् । उनका अनुसार हाल करिब ७० देखि ८० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको परिचय भने अहिलेसम्म खुल्न बाँकी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।