ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

विश्व आत्महत्या रोकथाम दिवस 

२२ भाद्र २०८२, आइतबार
२२ भाद्र २०८२, आइतबार

नेपालमा आत्महत्याको घटना बढिरहेको तथ्याङ्क सार्वजनिक भएसँगै यसले विकराल रूप लिने चिन्ता उत्पन्न भएको छ । आत्महत्याका घटना बढिरहँदा आज विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि मनाईदैछ । यो दिवस विश्वभर हरेक बर्ष सेप्टेम्बर १० तारिखमा मनाउने गरिन्छ । आत्महत्या रोकथाम दिवस मनाइरहँदा नेपालमा बढिरहेको आत्महत्याको घटनाले ठूलो चिन्ता थपिएको छ ।

आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गर्दा रोकथामका लागि उपायको खोजी गर्नु अति आवश्यक भैसकेको छ । आत्महत्या बढ्नुको कारणको खोजी पनि अबको आवश्यकता हो । आत्महत्या बढ्नुको कारणमा मानसिक समस्यालाई प्रमुख मानिएको छ । त्यसमापनि गरिवी, पारिबारिक कलह, लामो समय परिवारबाट अलग हुनु, प्रेम सम्बन्ध, कामको बोझ आदि प्रमुख कारण रहेका छन् ।

सामाजिक विचलन आउँदा मन थाम्नै नसकेर आत्महत्याको बाटो रोज्नेहरू पनि उत्तिकै छन् । त्यतिबलाको मानसिक तनावको अवस्था अहिलेपनि कायमै छ । आत्महत्या रोक्न तनाव नियन्त्रणको उपाय अवलम्बन गर्न सकिन्छ ।

तनावले हाम्रो दैनिक जीवनमा असर पारिराखेको छ कि छैन भन्ने ध्यान दिनु आवश्यक छ । हामीले तनाव व्यवस्थापन गर्न धेरै कुरामा ध्यान दिनुपर्छ । यस्तो बेला आफूमा या परिवारमा केही त्यस्तो लक्षण देखिएमा मनोपरामर्शदाता, मनोविमर्शकर्ता र मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।

योग र सत्संगका कार्यक्रमले मानसिक तनाव नियन्त्रण गर्न सहयोग पु¥याउँछन । अबको दिनमा यसतर्फ पनि ध्यान दिनेतर्फ सवैको ध्यान जानु जरुरी छ ।  पछिल्लोसमय आत्महत्याका घटनामा कमी होइन, बरु बढिरहेको सार्वजनिक भएको छ ।

किन बढिरहेको छ आत्महत्याका घटना ? यसको खोजी गर्दा आर्थिक समस्याका कारण आत्महत्या रोज्नेहरू बढिरहेको अवस्था छ । पारिवारीक समस्या र तनावले आत्महत्या झनै बढाएको छ । अर्कोतर्फ रोजगारीका लागि विदेश गएका नेपालीले तनावकै कारण बिदेशी भूमिमा नै आत्महत्या रोजेको दुःखद समचार सुन्नु परिरहेको छ ।

मानिसमा आवेग पैदा हुने, घरझगडा र कलहमा वृद्धि हुने, सानातिना कुराले पनि निकै सोचमग्न बनाउने, एकोहोरो व्यवहार हुने, नयाँपन नआउने, समस्या रहिरहने, एकखालको संकटकालजस्तो अवस्था निरन्तर झेलिरहनुपर्ने जस्ता कारणले आमजीवन तनावग्रस्त हुन पुगेको छ । मानिसमा आमरूपमा गम्भीर खालका मनोरोग पैदा हुँदै गएका छन् ।

आत्महत्याको सहायक कारणमा सामाजिक तथा वैयक्तिक समस्या देखापरेका छन् । यिनको समाधानका लागि सरकारले आर्थिक राहत प्याकेज, अनुदान सहयोग, सस्तो ब्याजमा ऋण प्रवाह, उत्पादन कार्यक्रम निर्माणमा जोड दिनु आवश्यक छ ।

हामीले लिएको तनावले हाम्रो दैनिक जीवनमा असर पारिराखेको छ कि छैन भन्नेतर्फ पनि ध्यान दिनु आवश्यक हुन्छ । बेलैमा तनाव व्यवस्थापन गर्नेतर्फ ध्यान दिन सकेनौं भने त्यसले भोली ठूलो समस्या निम्त्याउन सक्छ । तसर्थ आत्महत्या रोकथाम दिवसकै अवसरमा बढ्दो आत्महत्याले निम्त्याएको पारिवारीक बिखण्डन र कारणको खोजी गर्नु जरुरी छ ।

योग र सत्संगका कार्यक्रममा जोड दिए तनाव घटाउन मद्दत पु¥याउने अनुसन्धानबाटै पत्ता लागेकोले अव त्यसतर्फ पनि हामी सवैको ध्यान जाओस् ।  आत्महत्याले समाज, देश र विश्वलाई प्रभावित बनाएको छ । पछिल्लोसमय आत्महत्याबाट युवाहरू बढी प्रभावित भैरहेका छन् ।

खासगरी १५ देखि २९ बर्ष उमेर समूहका युवाहरू कुलतमा छन र उनीहरूले अन्ततः आत्महत्याको बाटो रोज्ने गरेका छन् । चिन्ताको कुरा के छ भने मानिसहरूको दोश्रो ठूलो मृत्युको कारण आत्महत्या बनेको छ । पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणको खोजी गर्दा सामाजिक सञ्जालको दुरूपयोग अर्को महत्वपूर्ण कारण देखिएको छ ।

प्रेममा धोका, बालबिवाह र बहुबिवाह बढी हुने, ढाँटेर अर्को बिवाह गर्ने जस्ता घटनाहरूका कारण पनि आत्महत्या निम्तिदै गएका छन् । पछिल्लो अध्ययनले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको देखिएकोले रोकथाम र नियन्त्रणको प्रयासमा ध्यान दिनु जरुरी छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?