ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

सक्रिय बन्दै सल्यानका महिला: आयआर्जन बढाउँदै, विकृति हटाउँदै

२२ भाद्र २०८२, आइतबार
२२ भाद्र २०८२, आइतबार

सल्यान, २२ भदौ । 

सल्यानका महिला तथा युवाहरू समूहमा आबद्ध भएर आयआर्जनमा अग्रसर हुँदै सामाजिक कुरीति र विसङ्गति विरुद्ध सचेत बन्दै गएका छन् ।

स्थानीय तहहरूको समन्वयमा सञ्चालन भएको आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत समूहमा आबद्ध महिलाहरू बाख्रा पालन, तरकारी खेती, कोष परिचालन मार्फत आयआर्जनतर्फ अघि बढेका हुन् ।

जिल्लाको कपुरकोट गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा विभिन्न समूहहरू निर्माण गरेर तालिम, सचेतना तथा व्यवसायका लागि सहयोग प्रदान गरिएको परियोजना सञ्चालन गरिरहेको दलित विकास समाज सल्यानले जनाएको छ ।

छत्रेश्वरी, ३ दारीमज्युला स्थित ऊर्जाशील रूपान्तरण विकास महिला समूहका सदस्य तुलसा बस्यालले समूहबाट वार्षिक ३ प्रतिशत ब्याजदरमा ५० हजार रुपियाँ ऋण लिइन । आफैले पनि थप २० हजार रुपियाँ लगानी गरेर बाख्रापालन व्यवसाय गरेकी छन् ।

“तीन वटा बाख्रा लिएर सुरु गरेको हुँ, अहिले आठ वटा भैसकेका छन्”, उनले भनिन् , “श्रीमानको मात्रै कमाई खाएर हुँदैन भन्ने सोचेर परियोजनाबाट समूह मार्फत धेरै जानकारी र तालिम पाएपछि अब केही गर्न सकिन्छ भन्ने आँट आएको छ ।”

यस्तै समूहमा आबद्ध अर्का सदस्य रमा डाँगीले हरेक महिनाको १८ गते बैठक बसेर मासिक एक सय रुपियाँ बचत गर्ने बानीको विकास भएको भन्दै बालविवाह, जातीय विभेद विरुद्ध धेरै विषयमा जानकार भएर समाजमा पनि अभियान चलाइएको बताइन ।

ऊर्जाशील रूपान्तरण विकास महिला समूहका अध्यक्ष कमला विष्टले समूहका सदस्यहरूलाई बाख्रा तथा बङ्गुर पालनका लागि रकम तथा तराकारी खेतीका लागि न्यून ब्याजदरमा ऋण सहयोग र टनेल सहयोग प्रदान भएको जानकारी दिइन ।

आफूले पनि कुकुर पालन व्यवसाय सुरु गरेको भन्दै यसलाई व्यावसायिक बनाउँदै लैजाने उनको भनाइ छ ।  केही दिन अघि जिल्ला तथा पालिका स्तरीय संयुक्त अनुगमन टोलीले स्थलगत रूपमै महिला तथा युवा समूहसँग छलफल तथा समूहका सदस्यहरूले गरेको कृषि तथा उद्यमको अनुगमन गरेको थियो ।

दारिम ज्युलामा भएको अनुगमनको क्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले समूहमा आबद्ध महिलाहरूमा आएको परिवर्तन, आयआर्जनका लागि सुरु गरेको व्यवसाय तथा सुधारिएको चुलो प्रयोगसँगै विसंगतिविरुद्धको अभियानको प्रशंसा गरे ।

यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख असवीर बुढाथोकीले उत्पादनशील कार्यमा लाग्नुपर्ने र समाज रूपान्तरणका लागि महिला तथा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्रीले गाउँपालिकाले हरेक साझेदार निकायहरूलाई भित्राएर समग्र पालिकाको विकासलाई प्राथमिकता दिएको बताए ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज वीरेन्द्रराज गुरुङले महिला आत्मनिर्भरतामा जोड दिँदै गाउँमा चलेको सचेतना अभियानले सामाजिक अपराध र हिंसा नियन्त्रणमा समेत सहयोग पु¥याउने धारणा व्यक्त गरेका छन् ।

महिलाहरूले गरेको तरकारी खेती, बाख्रा पालन तथा अन्य उद्यमको छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं. ३ का वडा अध्यक्ष तीर्थराज दाहाल, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, कृषि विकास कार्यालय सल्यान, पशु अस्पताल सल्यान, गाउँपालिका स्थित कृषि विकास शाखा, उद्यम विकास शाखा, महिला तथा बालबालिका शाखा, पशु विकास शाखाका प्रमुख तथा प्रतिनिधि, पत्रकार एवं सरोकारवालाहरूले स्थलगत अनुगमन गरेका थिए ।

समावेशी सहभागिता, लैङ्गिक समानता, सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै लक्षित समूहलाई वास्तविक लाभ पु¥याउने उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन भइरहेको दलित विकास समाज सल्यानका अध्यक्ष हेमराज विकले जानकारी दिए ।

परियोजनाका जिल्ला संयोजक गुमानसिंह नेपालीका अनुसार कपुरकोट गाउँपालिकाका पदाधिकारी सहित अनुगमन टोलीले वडा नं. ५ रिम स्थित समूहका सदस्यहरूले गरेको व्यवसाय एवं कोष परिचालनको अवस्थाबारे अनुगमन, छलफल गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?