© २०२३
कपिलवस्तु, २२ भदौ ।
निजामती सेवा दिवस २०८२ को अवसर पारेर कपिलवस्तुमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसर पारेर तौलिहवाको प्रशासन चोकदेखी हुलाकी चोकसम्मको सडकको मिडियनमा फुल र बिरुवा रोपिएको छ ।
निजामती सेवा दिवस २०८२ जिल्ला समारोह समिति कपिलवस्तुको आयोजनामा सडकको मिडियनमा बेगनबेली फुल सँगै कल्कि र सतिवनका २ हजार बढी बिरुवा रोपिएको हो । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि महिला समूहका अगुवाले करिब ६ सय मिटर दुरीको मिडियनमा वृक्षारोपण गरेका हुन । पर्यावरणको संरक्षण र नगर सुन्दरीकरणका लागि जिल्ला समारोह समिति र कपिलवस्तु नगरपालिकाको सहकार्यमा मिडियनमा वृक्षारोपण गरिएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए ।
निजामती सेवा दिवस २०८२ का अवसरमा विभिन्न सामाजिक कार्य, जिल्ला स्तरीय ब्याडमिन्टन सँगै पर्यावरण संरक्षणका लागि वृक्षारोपण गरिएको प्रजिअ दिल कुमार तामाङले बताए ।