© २०२३
काठमाडौँ, २२ भदौ ।
नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार छापावाल सुन तोलाको १ हजार ६०० रुपैयाँले वृद्धि भई तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी आजको मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च दर बनेको हो ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । आइतबार चाँदी तोलाको १० रुपैयाँले बढेर २ हजार ५०० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।