ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुवेदी 

२२ भाद्र २०८२, आइतबार
२२ भाद्र २०८२, आइतबार

रोल्पा, २२ भदौ ।

रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वसन्त सुवेदी सर्वसम्मत चयन भएका छन् । सङ्घको भदौ २० र २१ गते सम्पन्न नवौँ अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मिलन रोकामगर र उपाध्यक्ष वसन्ता आचार्य चयन भएका छन् । कार्यसमितिको महासचिव इन्द्रवहादुर महरा, सचिव रमेश अधिकारी र कोषाध्यक्ष ओवि केसी चयन भएको रोल्पा उद्योग वाणिज्य सङ्घ निर्वाचन समितिका संयोजक तुलसीराम जी.सी.ले जानकारी दिए ।

कार्यसमितिको सदस्यहरूमा राजेन्द्र कक्षपती, सुरेन्द्र थापा, अशोक आचार्य, राजन श्रेष्ठ, शिवराज आचार्य, विशेष जि.सी. लगायत रहेका छन् ।
२०४९ सालमा स्थापना भएको रोल्पा उद्योग वाणिज्य सङ्घको नेतृत्व चयनमा केही समय यता मतदान हुँदै आएको थियो ।

नवौँ अधिवेशन मार्फत सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई एक ढिक्का बनाई सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको निवर्तमान अध्यक्ष केशव आचार्यको भनाई छ । संस्थापक अध्यक्षको रूपमा तिलक केसीले नेतृत्त्व गरेको रोल्पा उद्योग वाणिज्य सङ्घमा त्यसपछि किशोर कुमार आचार्य, बालकृष्ण सुवेदी, विश्वकुमार चन्द हुँदै केशव आचार्यले नेतृत्व गरी सकेका छन् ।

रोल्पाको सुनिलस्मृती गाउँपालिका–२ का वसन्त सुवेदी लामो समय व्यापार व्यवसायमा संलग्न सफल व्यवसायी हुन् ।  एक्काइसौँ साधारण सभा र नवौँ अधिवेशन उद्घाटन सत्र नेपाल उद्योग वाणिज्य सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्भावनै सम्भावना भएको जिल्लामा सम्भावनाका खोजी गर्न नसक्नु उद्योगी व्यवसायीहरूका लागि पनि सुखद नभएको बताए ।

रोल्पा द्वन्द्व पर्यटनको दृष्टिकोणले धेरै सम्भावना बोकेको जिल्ला भएको उनको भनाई छ । दश स्थानीय तह भएको रोल्पामा हरेक पालिकामा फरक फरक विशेषता सहितको सम्भावना भएको उनको भनाइ थियो । रोल्पा जहाँको माटो, हावापानी र जनताहरूको मनोविज्ञान धनी छ त्यही गरिबीको कुरा गरेर हिँडिरहेका छौँ उनले भने ।

निजी क्षेत्र उक्सन नसके स्थानीय सरकार पनि उक्सन नसक्ने बताउँदै निजी क्षेत्रमैत्री कर प्रणाली अपनाउन रोल्पाका स्थानीय तहहरूलाई आग्रह गरे ।  कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले करको विषयमा विगतमा रोल्पा नगरपालिका र रोल्पा उद्योग वाणिज्य सङ्घ बिच केही असमझदारी भए पनि त्यसलाई टेबुलमा बसेर हल गरिएको बताए ।

अझै पनि कुनै विषयमा असमझदारी भए बसेर छलफल गरौँ उनले उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । हामीले असोज सम्म पुरै छुट दिने, पौष सम्म पचास प्रतिशत छुट दिने र त्यसपछि विलम्ब शुल्क सहित कर लिने गरी सहमति गरेका छौँ उनले भने ।

रोल्पामा कतै वनेका सामान ल्याएर केही प्रतिशत नाफा कमाउने उद्देश्यले गरिने व्यापारको मात्रै बाहुल्यता रहेको बताउँदै आफै उत्पादन गरेर बिक्री वितरण गर्ने गरी उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?