© २०२३
बुटवल, २२ भदौ ।
नेपाल ढकाल समाज बुटवल नगरसमितिको दोस्रो साधारण सभाबाट अध्यक्षमा शङ्कर ढकाल, उपाध्यक्ष खिमानन्द ढकाल, सचिव युवराज ढकाल, कोषाध्यक्ष सुनिता ढकाल, सहसचिव जीवन ढकाल र सदस्यहरूमा प्रदीप ढकाल, केदार ढकाल, शुभद्रा ढकाल र सिता ढकाल चयन भएका छन् ।
साधारण सभामा बोल्दै केन्द्रीय उपाध्यक्ष खुमराज ढकालले ढकालहरू एकीकृत जरुरी रहेको बताए । देशैभरि ढकालहरूको सङ्ख्या धेरै रहेको भन्दै सबै ढकालहरू एक भएर आफ्ना हक अधिकार प्राप्तिका लागि अगाडि बढ्न जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल ढकाल समाज लुम्बिनी प्रदेशका अध्यक्ष राजेन्द्र ढकालले ढकालहरू सङ्गठित हुँदै गइरहेको भन्दै थप बिस्तार गर्न जरुरी रहेको बताए ।
रुपन्देही जिल्ला अध्यक्ष कपिलमणि ढकाल, प्रदेश सचिव दीपक ढकाल, पूर्व अध्यक्ष विजय ढकाल लगायतले बोलेका थिए ।