ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

होल्डिङ्ग सेन्टर प्रयोगमा छैन, ‘हेल्प डेस्क’ मा पूर्वाधार छैन

२२ भाद्र २०८२, आइतबार
२२ भाद्र २०८२, आइतबार

समाचार सारांशमा


  • कृष्णनगर नाकामा स्थापना गरिएको स्वास्थ्य हेल्प डेस्क अहिले ६ वाई ८ फिटको साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको छ ।


  • उक्त डेस्कमा ८ जना स्वास्थ्यकर्मी कार्यरत छन्, तर उचित स्थानको अभावले गर्दा सेवाग्राही व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।


  • १ हजार बेड क्षमताको होल्डिङ सेन्टर  करिब ३ वर्ष अघि निर्माण भए पनि हालसम्म प्रयोगमा आएको छैन ।


कपिलवस्तु, २२  भदौ ।

जिल्लाको नेपाल–भारतको सीमा जोडिएको कृष्णनगर नाकामा स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा स्थापित हेल्प डेस्कले साँघुरो कोठामा सेवा प्रवाह गर्न बाध्य छ । तर सोही पालिकामा ३ वर्ष अघि निर्माण गरिएको १ हजार बेड क्षमताको होल्डिङ्ग सेन्टर भने प्रयोगविहीन छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर २ भन्सार कार्यालय अघिको ६ वाई ८ फुटको साँघुरो कोठाबाट हेल्पडेस्कको सेवा दिँदा ५० मिटर दुरीमै रहेको ६ सय बेड क्षमताको होल्डिङ सेन्टर प्रयोग विहीन रहँदै आएको छ । हेल्प डेस्कमा अहिले ८ जना स्वास्थ्य सेवा प्रवाह गर्ने कर्मचारी कार्यरत छन् ।

भारतबाट नेपाल आउने आप्रवासनमा गएका नागरिकलाई निगरानीका लागि स्वास्थ्य कार्यालय कपिलवस्तुले २ जना अहेव, १ अनमी, १ ल्याब असिस्टेन्ट, २ जना कार्यालय सहयोगीलाई खटाएको छ ।

त्यसैगरि नागार्जुन डेभलपमेन्ट कम्युनिटी र विराट नेपाल मेडिकल ट्रष्टका दुई जना कर्मचारी डेस्कमा कार्यरत छन् । सानो कोठामा रहेको डेस्कमा आफूहरू बस्न पनि समस्या पर्दै आएकोमा हुलमा आउने सेवाग्राहीलाई सेवा प्रवाह गर्न झनै समस्या पर्ने गरेको डेस्कका कर्मचारीहरूको गुनासो छ ।

डेस्कमा पर्याप्त स्पेश नहुँदा काम गर्न समस्या पर्दै आएको डेस्कमा कार्यरत अहेब संदिप विश्वकर्माले गुनासो गरे । “नगरपालिकाको स्वास्थ्य शाखाको राम्रो सहयोग पाएका छौँ । सानो स्पेशमा सेवा दिँदै आएका छौ ।

हुलमा आउने नागरिक व्यवस्थापनमा सिमानामा खटिएका सुरक्षा निकायको खासै सहयोग पाउन सकिएको छैन,” उनले गुनासो गरेँ । छेउमै रहेको होल्डिङ्ग सेन्टरलाई आंशिक रूपमा प्रयोग गर्न पाइए पनि हेल्प डेस्कको सेवा प्रभावकारी बनाउन सक्ने अवस्था रहेको उनको भनाई छ ।

डेस्कमा कार्यरत अनमी प्रियंका चौधरीले उपयुक्त स्थानको अभावमा सेवाग्राही नागरिकलाई परामर्श सेवा प्रदान गर्न समस्या पर्दै आएको गुनासो गरिन । “एचआइभी सङ्क्रमण शङ्कास्पद रहेका व्यक्तिको गोपनीयता व्यवस्थापन गर्न तथा छुट्टै कोठा नहुँदा परीक्षणका लागि उनीहरूलाई सहमत गराउन समस्या पर्ने गरेको छ,” उनले भनिन् ।

डेस्कमा खटिने कर्मचारीले भारतमा आप्रवासनमा गएर फर्किनेलाई बिहान ६ बजे देखि राती १० बजे सम्म निगरानी गर्ने गर्दछन् । सो पश्चात् स्क्रिनिड्ड गरी रजिष्टरमा नाम चढाइने गरिएको छ । सो क्रममा सोधपुछ गर्दा लक्षणहरू, तापक्रम, फर्किएको स्थान सङ्क्रमणको हटस्पट भए नभएको बुझ्ने कार्य गरिन्छ ।

सो क्रमपछि लक्षण वा ज्वरो देखिएमा वा सङ्क्रमण क्षेत्र भेटिएमा परीक्षणको कार्यका लागि अगाडी बढाइने गरेको छ । टोलीले ती व्यक्तिलाई परामर्श पछि एचआइभी सङ्क्रमण, मलेरिया, कोभिड र क्षयरोग सङ्क्रमण बारे खकारको नमुना लिएर परीक्षण गर्ने गरेको छ ।

डेस्कमा गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा ४७ हजार ९ सय ८० जनाको स्क्रिनिड्ड गरिएको तथ्याङ्क छ । सो क्रममा १८ जनाको कोभिड परीक्षण गर्दा २ जनामा सङ्क्रमण, २ सय ८ जनाको मलेरिया परीक्षणका क्रममा ३ जनामा सङ्क्रमण, ३ सय ७८ जनाको एचआइभी परीक्षणका क्रममा १ जनामा सङ्क्रमण र २ सय ४४ जनाको क्षयरोगको खकार परीक्षणका क्रममा १ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो ।

त्यसैगरि चालु आ.व.को साउन महिनामा ३ हजार ६ सय २५ जनाको स्क्रिनिङ्ग गरिएको छ ।  सो क्रममा ४३ जनाको मलेरिया परीक्षणको क्रममा १ जनामा सङ्क्रमण, २७ जनाको कोभिड परीक्षणका क्रममा २ जनामा सङ्क्रमण, ९५ जनाको खकार परीक्षण गर्दा १ जनामा क्षयरोगको सङ्क्रमण र २ सय १८ जनाको एचआइभी परीक्षणमा कोही पनि सङ्क्रमित नभेटिएको डेस्कको तथ्याङ्क छ ।

कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमै निर्माण गरिएको एक हजार बेडको होल्डिङ सेन्टर सञ्चालनको कार्य सञ्चालन योजना टुङ्गोमा नपुग्दा अलपत्र छ । सेनासँग होल्डिङ सेन्टर बनाउन हनुमान कन्स्ट्रक्सनले सम्झौता गरेर चितवनको ओमसत्यसाई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो ।

कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगर बजारको भन्सार ¥यार्ड नजिकै ६ सय बेड र वडा नम्बर १ शिवनगरमा ४ सय बेडको होल्डिङ सेन्टर २७ करोड ६७ लाख लागतमा बनाइएको थियो । निर्माण सम्पन्न भएको लामो अबधी सम्म अलपत्र भएको सेन्टर सञ्चालनका लागि कुनै योजना नबन्दा एकातिर हेल्प डेस्क साँघुरो कोठामा सेवा प्रवाह गर्न बाध्य छ भने सेन्टर प्रयोगविहीन बनेको छ ।

कोरोना महामारीको दोस्रो लहरपछि २०७८ सालमा सङ्क्रमितको चाप व्यवस्थापन गर्न भन्दै सङ्घीय सरकारले देशभर आठ वटा नाकामा भव्य होल्डिङ सेन्टर निर्माण गरेको थियो, जुन अहिले प्रयोगविहीन अवस्थामा छन् ।

सेन्टरमा नेपाली सेनाको टोलीले सुरक्षा दिँदै आएको छ भने छाडा पशुहरू चर्ने गरेको देखिन्छ । कृष्णनगर सहित मुलुकका प्रमुखस्थल ८ नाकाहरूमा करिब सवा अर्ब रुपैयाँमा सेन्टर निर्माण गरिएको थियो ।

कृष्णनगर सिमामा सञ्चालनमा रहेको हेल्प डेस्क साँघुरो कोठामा सञ्चालनमा रहेको अवस्थामा संवेदशील स्वास्थ्य सेवा प्रवाहलाई मध्यनजर गरी डेस्कका लागि होल्डिङ्ग सेन्टर प्रयोगको अनुमति दिन आवश्यक रहेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह बताउँछन् ।

आवश्यक कोठा र उपयुक्त स्थानको अभावमा कृष्णनगर नाकामा सञ्चालनमा रहेको हेल्प डेस्कबाट सेवा प्रवाह गर्न समस्या पर्दै आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए ।

उनले प्रयोगविहीन अवस्थामा रहेको होल्डिङ्ग सेन्टर उपयोग गर्न नेपाली सेनालाई पत्राचार गरी प्रमुख जिल्ला अधिकारीलाई पहलका लागि अनुरोध गरिएको प्रमुख ढकाल बताउँछन् ।

जिल्लामा रहेको होल्डिङ्ग सेन्टर प्रयोग गर्न दिने विषयमा सबै पक्ष सकारात्मक रहे पनि सेन्टर व्यवस्थापनको नीतिगत निर्णय अभावमा सञ्चालन गर्न दिन नसकिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए ।

“सरकारले देशैभरका होल्डिङ्ग सेन्टर सञ्चालन गर्नका लागि नीतिगत व्यवस्था गरिसकेको छैन । सोही कारण नेपाली सेनाको मुख्यालयले सहमति नदिँदा सेन्टर सञ्चालन वा प्रयोगका लागि आवश्यक रहेका निकायलाई दिन सकिएको छैन,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?