Butwal Today

सुनकोसीमा बेपत्ता किशोरको शव फेला

२२ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, २२ भदौ ।

गत शुक्रबार सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय प्रख्यात मग्रातीको शव फेला परेको छ ।

गोलन्जोर गाउँपालिका–६ बलेनीघाटका पवन मग्रातीका छोरा प्रख्यातको शव गोताखोर र प्रहरी टोलीले घटनास्थल नजिकैबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी विपत् व्यवस्थापन बेस क्याम्प खुर्कोट र स्थानीयवासी सक्रिय थिए ।