© २०२३
बुटवल, २१ भदौ ।
राधाकृष्ण युवा क्लबको आयोजनामा शनिबार १५ औ वृहत रक्तदान कार्यक्रम गरिएको छ। रगत अभावको वर्तमान अवस्थामा क्लबले पुरानो बसपार्कस्थित पिपलबोटमा खुला रक्तदान गरेको हो ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठले ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै क्लबबाट विगतलामोसमयदेखि सामाजिक र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताए । युवाहरुलाई एकतावद्घ गरि कुलत र विकृतिबिरुघ्द सचेतना जगाउने जस्ता महत्वपूर्ण काममा लागेको उनले बताए ।
क्लबको वार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष रिम बहादुर सारुले बताए ।
कार्यक्रममा वडा सदस्य श्याम थापा, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्री, वरिष्ठ उपाध्यक्ष राजकुमार भटटराई, सचिव शंकर परियारले रक्तदानको महत्वबारे प्रकाश पार्दै यस क्षेत्रका संघसंस्थाहरुको अगुवाईमा सामाजिक कार्यको अगुवाईबाट भएका फाईदाबारे बताए ।
रक्तसंचार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको संयोजक सन्तोष भण्डारीले बताए ।