ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

‘प्रोटोन ई.मास सेभेन’ ईभी रुपन्देहीमा सार्वजनिक, ४१० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी

२१ भाद्र २०८२, शनिबार
२१ भाद्र २०८२, शनिबार

बुटवल, २१ भदौ ।

‘टाईम टु ईलेक्ट्री फाई बुटवल’ नारासहित ‘प्रोटोन ई.मास सेभेन’ ईभी बुटवलमा सार्वजनिक गरिएको छ । बालाजी ई अटोमोबाईल प्रालिले बुटवलमा यो गाडी भित्राएको हो । डिसेम्बर २०२४ मा मलेसियामा सार्वजनिक भएपछि नेपालमा पनि यसको प्रतीक्षा गरिएको थियो । जगदम्बा मोटर्सले नेपाली बजारमा गाडी भित्राएको हो । कम्पनीका अनुसार प्रोटोन ई.मास ७ मा नवीनतम प्रविधि र फाइभ–स्टार सेफ्टी फिचर समावेश छन् ।

चाईनामा निर्मित उत्कृष्ट र आकर्षित मोडलको सवारी भएको जगदम्बा अटोमोबाईल्सका सिनियर भ्वाईस प्रेसिडेन्ट राजु नेपालले शुक्रबार तिलोत्तमा सार्वजनिक कार्यक्रममा बताए । चारपाग्रे सवारीको अहिलेसम्मकै नया प्रविधि सेल–टु–बडी (सीटीबी) ब्याट्री आर्किटेक्चर र एजिस सर्ट–ब्लेड ब्याट्री प्रविधि ब्याट्रि प्रयोग भएको छ । यसको बडिमा १५ सय मेगापासिकल स्टिल प्रयोग भएको छ । जुन हवाईजहाजमा प्रयोग हुन्छ । यो टस्लाले पनि प्रयोग गरेको छ । अगाडी ईन्जिन नहुदा पनि यो सुरक्षित हुन्छ । गाडीमा ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्म, १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम समावेश छन् । १६० किलोवाट मोटर पावर रहेको गाडीमा ३२० एनएम टर्क छ, जसले ६.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । नेपालमा ४० बढि ब्राण्ड रहेको शंकर ग्रुप हो । जसले सिमेन्ट, जस्ता, अटोमोबाईल, फाईनान्स सर्भिस, हस्पिटालिटी, एफएनसिजी एण्ड स्प्रिङग्स, वाईट गुड्स, ईनेर्जी, प्लास्टिक तथा आयल्स लगायत क्षेत्रमा आफ्नो उपस्थिति रहेको उनले बताए। काठमाण्डौमा २ सहित पोखरा, बुटवल, नारायणगढ, बिराटनगर, बिर्तामोड, नेपालगंज, धनगढीसहित नेपालका १२ वटा शहरमा उपस्थिति जनाएको छ ।

यो इलेक्ट्रिक गाडी प्लाटिनम सिल्भर, टक्र्वाइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज, मोयु ब्ल्याक र लिथियम ह्वाइट गरी ६ विभिन्न रंगमा उपलब्ध छ । प्रोटोन ई.मास ७ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । प्राइम मोडेलले एक पटकको चार्जमा ३४५ किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री रहेको छ ।
प्रोटोन ई.मास ७ को मूल्य प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कार्यक्रममा बालाजी ई अटोमोबाईलका म्यानेजिङ डाईरेक्टर विशाल जयसवालले नया प्रविधिमैत्री गाडीमा नया यात्राको शुरुवात हुने दाबी गरे । मलेसियामा सन १९८० मा उत्पादन भएको प्रोटोन अहिले विेश्वकै उत्कृष्ट चारपाग्रे सवारी बन्न सफल भएको उनले बताए । वातावरणमैत्री सवारी भित्राएर यस क्षेत्रमा सम्बन्ध बिस्तार र विश्वासलाई कायम राख्ने गरि विक्रिपछिको सेवालाई विशेष जोड दिने उनले बताए । कालिकानगरमा सुविधासम्पन्न शोरुम दुई हप्ताभित्र उद्घाटन गर्ने तयारीमा रहेको उनले बताए । सफा , स्मार्ट, सुरक्षित र सुविधासम्पन्न यात्राको लागि यो ब्राण्ड रोज्न उनले आग्रह गरे । बुटवलमा शोरुम उद्घाटनको तयारीमा रहेको भन्दै उनले अफरका रुपमा विशेष छुटको ब्यवस्था रहेको बताए। १० जनालाई पाच वर्षे ४० प्रतिशत डाउनपेमेन्टको ब्यवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?