ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

महिनौँ अस्पताल धाएका बिरामी गाउँमै निको

२१ भाद्र २०८२, शनिबार
२१ भाद्र २०८२, शनिबार

चन्द्रौटा, २१ भदौ ।

“श्रीमानलाई ४ जना मिलेर तन्नामा बोकेर दिसा पिसाब गराउने गर्दथियौँ । महिनौँसम्म काठमाडौँमा  उपचार गर्दै बसेका थियौँ । निको नभएपछि घर फकियौँ ।

कष्टकर दैनिकी बित्दै जाँदा चन्दौटामा थेरापी खुलेको जानकारी पाएपछि डा. नरेश चौधरीलाई घरमै बोल्यौँ उहाँले उपचार गर्दा केही सुधार आएको छ – कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ९, धमौलीकी मनकुमारी थारुले भनिन् महिनौँ दिनसम्म काठमाडौँ उपचार गरेर पनि निको नभएपछि श्रीमान् लिएर घर फर्किएको उनी बताउँछिन् ।

५२ वर्षको उनको श्रीमानसँगै दैनिकी राम्रै चल्दै थियो तर परिवारको स्वास्थ्य अवस्था बिग्रिएपछि कसैको केही नलाग्दो रहेछ । उनले थपिन-  “श्रीमानलाई हिँड्न, बस्न, सुत्न सबैमा कठिनाइ हुने गर्थ्यो । हामीले बिहानदेखि बेलुकीसम्म स्याहारसुसारमै बिताउँथ्यौँ ।

स–साना कामका लागि पनि अन्यको सहयोग लिनुपर्ने अवस्था थियो । घरमा अन्य कामकाज थाती राखेर सबै ध्यान उहाँकै उपचारमा लगाइएको थियो ।”

उपचार गराउनुप¥यो तर खासै सुधार भएन । त्यो समयमा परिवारका सबै जना मानसिक रूपमा निकै आघातमा परेका थियो । तर अहिले उपचारपछि सुधार देखिन थालेको थारुले बताइन् ।

अब श्रीमान् आफैँ केही काम गर्न सक्ने भएको छ । हिँड्दा–फिर्दा सजिलो भएको छ । यसले हामीलाई फेरि सामान्य जीवनयापन गर्ने आशा दिलाएको उनको भनाई छ ।

यस्तै शिवराज नगरपालिका वडा नम्बर–५ की आशा थापाले आफ्नो घाँटी दुख्ने समस्या रहेको बताउँछिन् ।

स्वाद नपाउने, टाउको हल्लाउन नसक्ने, थुक निल्न नसकिने जस्ता समस्या रहेको रहेको उनले बताइन् । वर्षौँदेखि उपचार गरेर पनि सन्चो नभएपछि भौँतारिएको थापाले जिकिर गरिन् ।

“घाँटीमा लगातार असहज महसुस हुन्थ्यो,” उनले सम्झिइन्, “औषधि खाएँ, विभिन्न डाक्टर देखाएँ तर दीर्घकालसम्म राहत पाइएन ।

कहिलेकाहीँ श्वास फेर्नै गाह्रो हुने, बोल्दा आवाज बदलिने र सामान्य जीवनयापनमै समस्या हुने अवस्था आयो ।” उनले थपिन्, “यत्रा–यात्रा गर्दा, घरायसी काम गर्दा पनि सधैँ डर लाग्थ्यो– कतिखेर समस्या अझ बढ्छ भनेर ।

उपचारमा धेरै खर्च गर्दा पनि परिणाम नआएपछि निकै निराश भएको थिएँ । अब भने सही उपचार पाउने आशामा छु ।”

डा. नरेश चौधरीले छोटो समयमा आफूले गरेको कार्यले सन्तुष्ट मिलेको बताए । जीवन ज्योति फिँजियो थेरापी सञ्चालन गरेको करिब १ वर्ष भएको उनले बताए ।

प्यारालाइसिस, अर्थोपेडिक लगायतको दिनहुँ थुप्रै बिरामी आउने गरेको डा. चौधरीले बताए । उनले भने- “यहाँ आउने धेरै बिरामीहरू लामो समयसम्म अस्पताल धाउने, औषधि खाने वा बेडमा सुतिरहनु परेको अवस्थामा हुन्छन् ।

तर नियमित थेरापी र सही उपचार विधिबाट छोटो समयमा सुधार देखिन्छ । बिरामी मात्र नभई उनका परिवारजनले पनि ठुलो राहत पाएका छन् ।”

डा. चौधरीले थपे-“हामीले यो सेवा सुरु गर्दा गाउँमै यस्ता सुविधा आवश्यक रहेको महसुस ग¥यौँ । यस अवधिमा धेरै बिरामीहरूलाई उपचार दिन सफल भएका छौँ ।

यसले मलाई पेसागत मात्र होइन, मानवीय सन्तुष्टिसमेत दिएको छ । प्यारालाइसिस, अर्थोपेडिक समस्या, नशा सम्बन्धी समस्या, घुँडामा दुखाइ, घाँटी र कम्मर दुखाइका बिरामीहरू बढी आउँछन् ।”

दैनिक ४० देखि ५० बिरामी सेवा लिने गरेका छन् । आउने अधिकांश बिरामी उपचारपछि सामान्य जीवनतर्फ फर्कन सकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?