© २०२३
बुटवल, २१ भदौ ।
नेपाल नियमित रक्तदान संघद्घारा मासिक नियमित रक्तदान तथा आधुनिक समाज डेन्टल केयर प्रालिको मुख स्वास्थ्य महाअभियान २०८२/०८३ को सन्दर्भमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४० युनिट रगतसंकलन भएको संयोजक गोबिन्द पोखरेलले बताए ।
एक समारोहका बिच वडा नं ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले ब्लड ब्याग हस्तान्तरण गर्दै समाजको हितमा समुदायस्तरकै सबैको भुमिका रहने बताए । कार्यक्रममा आधुनिक समाज डेन्टल प्रालिका संचालक अमृत भुषालले स्वस्थ्य क्षेत्रमा सचेतना जगाउने गरि अभियानलाई संस्थागत रुपमा जोड दिएको बताए । नेपालमा नै पहिलोपटक १ महिना लामो मुख स्वस्थ्य अभियान चलाएको उनले दाबी गर्दै यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताए । अभियानको १६ दिन रक्तदान कार्यक्रमलाई समेत जोड्न पाउदा उनले बताए । खाना खाएपछि ब्रस गर्ने, नियमित परिक्षण गर्ने जस्ता सामान्य ज्ञान दिनसके दात र मुखको स्वस्थ्य ठिक रहने उनले बताए ।
यसैबिच नेपाल नियमित रक्तदान संघका सदस्यहरुको मुख उपचारमा ३० प्रतिशत छुट दिने समाज डेन्टलसंग सम्झौता भएको संघका महासचिव दिपक अधिकारीले बताए ।
कार्यक्रममा नेपाल नियमित रक्तदान संघका अध्यक्ष जय बहादुर सिलवाल, समाजसेवी भिम तुलाचन, संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदान अभियानबारे प्रकाश पारे ।