© २०२३
काठमाडौँ, २१ भदौ ।
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज काठमाडौँस्थित त्रिपुरेश्वरको दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५स्३० बजे सुरु हुने छ ।
नेपाल र बङ्गलादेशबीच दुईवटा मैत्रीपूर्ण खेल तय भएका छन्, जसअन्तर्गत दोस्रो खेल भदौ २४ गते, मङ्गलवारका दिन हुनेछ । झन्डै दुई वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन लागेको हो । रंगशाला असुरक्षित र खेल्न अयोग्य रहेको भन्दै पछिल्लो समय फिफा अन्तर्गतका प्रतियोगिताहरू यहाँ आयोजना हुन सकेका थिएनन। तर, अहिले मैदानको अवस्था सुधार भएपछि नेपाली फुटबलप्रेमीहरूमा उत्साह थपिएको छ ।
खेलअघि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले घरेलु मैदानमा बङ्गलादेशविरुद्धको खेलमा जित निकाल्ने लक्ष्य रहेको बताए । टोलीका कप्तान किरण चेम्जोङले पनि टोलीको तयारी सन्तोषजनक रहेको जनाए । उता, बङ्गलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल आउनुअघि पर्याप्त तयारी गरिएको र खेल खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
दुवै खेलपछि विजेता टोलीलाई ट्रफी तथा पदक प्रदान गरिनेछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले खेल आयोजना सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, घरेलु फुटबलको स्तर उकास्न संघ, खेलाडी, समर्थक तथा सरोकारवाला निकायहरूबाट संयुक्त प्रयास भइरहेको छ ।
खेल हेर्नका लागि टिकट दर सामान्य पारापिटका लागि ५०० रुपैयाँ र भीआईपी पारापिटका लागि १,००० रुपैयाँ तोकिएको छ ।