ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

निजामती सेवा दिवसमा बहिरा बालबालिकालाई झोला वितरण  

२१ भाद्र २०८२, शनिबार
२१ भाद्र २०८२, शनिबार

कपिलवस्तु, २१ भदौ ।

निजामती सेवा दिवस २०८२ को अवसर पारेर कपिलवस्तुको तौलिहवा स्थित तौलेश्वरनाथ संस्कृत मा.बि.मा विशेष कक्षामा अध्ययनरत बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

निजामती सेवा दिवस २०८२ का अवसरमा नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको सहयोगमा जिल्ला समारोह समिति कपिलवस्तुको आयोजनामा विशेष कक्षाका १५ बालबालिकालाई झोला वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुका अध्यक्ष झक बहादुर आले, सचिव राजेश कुमार शैनी, रमेश गौड्, विद्यालयका प्रअ पुजारी प्रसाद कुर्मी, कपिलवस्तु बहिरा सङ्घका अध्यक्ष रिन्कु गुप्ता लगायतले बहिरा विद्यार्थीलाई झोला वितरण गरेका हुन ।

सिमित श्रोत साधनमा सञ्चालित कक्षामा गत वर्ष २७ जना बालबालिका रहेकोमा यस वर्ष १५ जना बहिरा बालबालिका अध्ययनरत रहेको तौलेश्वरनाथ संस्कृत मा.बि. का प्रधानाध्यापक पुजारी प्रसाद कुर्मीले बताए ।

बहिरा बालबालिकाको शिक्षा प्राप्तिका लागी आवासीय श्रोत केन्द्रको आवश्यकता रहेको जनाउँदै ती विद्यार्थीलाई ड्रेस सहितका अन्य शैक्षिक सामाग्री सहयोग आवश्यक रहेको उनले जनाए ।

कक्षामा कपिलवस्तु नगरपालिकाले एक जना बहिरा दोभासेको व्यवस्था गरेको र अझै पनि श्रोत साधनको अभाव रहेको कपिलवस्तु बहिरा सङ्घका अध्यक्ष रिन्कु गुप्ताले बताए ।

विद्यालयमा ६ वर्ष मुनीका बालबालिका दुरीका कारण आउन समस्या पर्ने गरेकोले सम्बन्धित निकायले सो विषयलाई प्राथमिकता दिन उनले आग्रह गरे ।

आगामी दिनमा कक्षाका अध्ययनरत बहिरा बालबालिकालाई लक्षित गरी अन्य सहयोगका कार्यक्रम गर्न तत्पर रहने नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुका अध्यक्ष झक बहादुर आलेले प्रतिबद्धता जनाए ।

निजामती सेवा दिवस २०८२ को अवसरमा नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको सहयोगमा यस विद्यालयमा बालबालिकालाई झोला, हस्पिटलका बिरामीलाई कर्मचारी सङ्गठनको सहयोगमा फलफूल वितरण तथा कर्मचारी मिलन केन्द्रले कपिलवस्तु बाल गृहमा शैक्षिक सामाग्री सहयोग लगायतको रचनात्मक कार्यमा सहयोग गरेको सहायक प्रजिअ पदमलाल लामिछानेले बताए ।

जिल्लामा दिवसलाई उत्साहपूर्वक मनाउने सन्दर्भमा विविध कार्यक्रम गरिएको र बहिरा बालबालिकाको लागी आवश्यक सहयोग गर्न सबैको तत्परता आवश्यक रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?