Butwal Today

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

२० भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २० भदौ ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको छ ।

सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा नचल्ने गरी निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार इन्टरनेट प्रदायक कम्पनीहरूले ती एपहरू आंशिक रूपमा मात्र सञ्चालन हुने अवस्थामा पारेका छन् ।

रिटमा त्रिपाठीले नागरिकको आवाज बन्द गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको दाबी गर्दै, प्रतिबन्ध तत्काल खारेज गरी सामाजिक सञ्जाल पूर्ववत सञ्चालनमा ल्याउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?