© २०२३
काठमाडौं, २० भदौ ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको छ ।
सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा नचल्ने गरी निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार इन्टरनेट प्रदायक कम्पनीहरूले ती एपहरू आंशिक रूपमा मात्र सञ्चालन हुने अवस्थामा पारेका छन् ।
रिटमा त्रिपाठीले नागरिकको आवाज बन्द गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको दाबी गर्दै, प्रतिबन्ध तत्काल खारेज गरी सामाजिक सञ्जाल पूर्ववत सञ्चालनमा ल्याउन माग गरेका छन् ।