ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

आज देखि एमाले विधान महाधिवेशन, २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी हुने

२० भाद्र २०८२, शुक्रबार
२० भाद्र २०८२, शुक्रबार

काठमाडौँ, २० भदौ ।

आज भदौ २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समुद्घाटन भाद्र २० गते बिहान ११ बजे विशेष समारोहका बिच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले यश अघि जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको उद्घाटन कार्यक्रम भाद्र २० गते बिहान ११ बजे एक विशेष समारोहका बिच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।’

उक्त विज्ञप्तिमा भनिएको छ कि महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकको हैसियतमा थप ३१५ जना सहभागी हुनेछन् । यसरी सहभागीको कुल सङ्ख्या २३४१ हुनेछ ।

महाधिवेशनलाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासाथ भव्य र सभ्य ढङ्गले सम्पन्न गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसै गरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाइएको छ ।

प्रस्तुत प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूबिच समूहगत छलफल हुनेछ। विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत चयन गर्नेछ।’

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै वर्तमान चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने बताइएको छ ।

यस प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र समावेश गरिएको छ ।

यसले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्ने कार्यमा जोड दिइनेछ, भनेर विज्ञप्तिमा उल्लेख छ । उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्तावमा पार्टीमा दुई खाले सदस्यता व्यवस्था, ७० वर्षे उमेर हद्द हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्युरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ । साथै, पदाधिकारीमा अनिवार्य रूपमा एक महिला रहने व्यवस्था पनि राखिएको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव पोखरेलले प्रस्तुत गर्ने सङ्गठनात्मक प्रतिवेदनमा पार्टी निर्माणका चुनौती र समाधानका उपाय, राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र, राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, विकास, समृद्धि र सुशासनका विषयमा स्पष्ट धारणा राखिएको छ । यसले पार्टीलाई मुलुककै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दृष्टिकोण प्रस्तुत गरिनेछ ।

महाधिवेशनलाई सफल बनाउन आठ वटा उपसमिति गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन, आवास, स्वयंसेवक परिचालन, स्वास्थ्य, प्रचार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रम, खाद्य तथा सचिवालय र स्वागत गेट व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ । सातदोबाटो चोकदेखि गोदावरीसम्म यातायात व्यवस्था, झाँकी प्रदर्शन, स्वागत गेट र सजावटका काम पूरा भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?