© २०२३
काठमाडौं, २० भदौ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विभागको नाम परिवर्तन गरी युद्ध विभाग राख्ने प्रस्ताव अघि सारेका छन् । शुक्रबार उनले यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारीमा रहेको बताइएको छ ।
ट्रम्पका अनुसार, विभागको नाम परिवर्तनले अमेरिकी सेनाको शक्ति, संकल्प र उद्देश्यबारे विश्वलाई स्पष्ट सन्देश दिनेछ । तर, यस्तो परिवर्तन कार्यान्वयन गर्न अमेरिकी संसद् ९कंग्रेस० बाट कानुनी स्वीकृति आवश्यक पर्छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी रक्षा विभागलाई सन् १९४९ सम्म युद्ध विभाग भन्ने गरिन्थ्यो । दोस्रो विश्वयुद्धपछि सेनाका विभिन्न अंग — थलसेना, नौसेना र नवगठित वायुसेना —लाई समेटेर नयाँ रक्षा विभागको संरचना तयार गरिएको थियो ।
इतिहासकारहरूका अनुसार, आणविक युगमा प्रवेश गरेपछि अमेरिकाले विभागको नाम परिवर्तन गर्दै युद्ध रोक्न चाहने राष्ट्रको छवि निर्माण गर्न खोजेको थियो, युद्ध गर्न चाहने होइन ।