Butwal Today

सुस्ताबाट बिल बिजक नभएको खसी बोका बोकेको पिकप नियन्त्रणमा 

२० भाद्र २०८२, शुक्रबार
अ+
अ-

नवलपरासी,पश्चिम् ।

प्रहरीले बिल बिजक नभएको खसी बोका लोड गरिएको पिकप गाडी नियन्त्रणमा लिएको छ ।सुस्ता गाउँपालिका २ स्थित महलवारीबाट खसी बोका नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान करिब १० बजेको समयमा चेकजाँच गर्ने क्रममा ग ३ च ४५२९ नम्बरको पिकप गाडीमा मरेका समेत दुई वटा बोका र खसी गरी ३३ वटा खसी बोका सहितको पिकपलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको खसिबोका सहितको पिकप गाडी,चालक र खसी धनी सहित दुई जनालाई शुक्रवार आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जनाएको छ ।