ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौँ- ओली

२० भाद्र २०८२, शुक्रबार
२० भाद्र २०८२, शुक्रबार

ललितपुर, २० भदौ ।

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमा नाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सारेका छन् ।

दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताए।

शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा अध्यक्ष ओली र चीनका राष्ट्रपति सीबीच दुई पक्ष भेटवार्तामा भारतसँग चीनले गरेको व्यापारिक सम्झौताप्रति असहमति जनाएको उनले बताए।

अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने,  ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबिच भएको भेटर्वातामा लिपुलेक सम्बन्धमा भारत र चीनले गरेको व्यापारिक सम्झौताको प्रष्टरुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’

आसन्न भारत भ्रमणप्रति लक्षित गर्दै अध्यक्ष ओलीले सीमा समाधान बारे भारतसँगै खोज्ने बताए । ‘खासमा लिपुलेक सीमाको बारेमा भारतसँग वार्ता गरेर समाधान खोज्ने हो । खासमा तेस्रो देशसँग कुरा गर्नुपर्ने थिएन तर लिपुलेकमा भारतसँग व्यापार गर्ने सम्झौतामा चीनले हस्ताक्षर गरेकाले मैले त्यहाँ कुरा राखेँ’, अध्यक्ष ओलीले भने

आफूले राष्ट्रियता प्रति कुरा उठाउँदा केही ‘जान्ने सुन्नेहरूले’ गलत व्याख्या गरेको समेत उनले बताए ।  ‘हाम्रो देशको सीमा समस्या सम्बन्धमा विश्वसामु देखिने गरी, सुनिने गरी राख्नुपर्छ । त्यही मान्यताका अधारमा मैले चीनका राष्ट्रपति समक्ष राखेँ` उनले भने,  ‘कमरेडहरू ढुक्कले अघि बढ्नुहोस् । हाम्रो सफलताको मार्गमा छौँ । देशको नेतृत्व गरिरहेका छौँ, नेकपा एमालेलाई अझै सुदृढ ढङ्गले अगाडि बढाउने हो ।’

चीनका राष्ट्रपति सीले जवाफमा नेपालको सार्वभौम सत्ता, सिमानामा नेपाल भारतको विषय कूटनीतिक वार्ताबाट समाधान गर्न र भौगोलिक अखण्डतामा सधैँ समर्थन रहने बताएको अध्यक्ष ओलीले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?