Butwal Today

सुन–चाँदीको मूल्य अहिलेसम्मकै उच्च

२० भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार फेरि बढ्दै नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

गत शुक्रबारदेखि बुधबारसम्म लगातार बढ्दै आएको सुन बिहीबार भने प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा स्थिर थियो । यसैगरी चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्चमा पुगेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।