Butwal Today

छात्रा कबड्डी प्रतियोगिता सुरु

२० भाद्र २०८२, शुक्रबार
अ+
अ-

दाङ, २० भदौ ।

घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालयको आयोजनामा बिहीबारदेखि घोराही उपमहानगरपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय छात्रा कबड्डी प्रतियोगिता सुरु भएको छ ।

विद्यार्थीहरूलाई खेलकुदबारे जागरण बढाइ उनीहरूको खेलको विकास गर्नका लागि आयोजना गरिएको मा.वि स्तरीय छात्रा कबड्डी प्रतियोगिता दुई दिनसम्म चल्ने विद्यालयले जनाएको छ ।

सरस्वती माध्यमिक विद्यालयमा काठेकोलमा नर्सरीदेखि १० कक्षासम्म नेपाली र अङ्ग्रेजी माध्यमका दुवै कक्षा सञ्चालनमा छन् ।

कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा सङ्काय सञ्चालनमा छन् भने प्राविधिक धारतर्फ विद्यालयमा अहिले तीन वर्ष डिप्लोमा तह सूचना प्रविधि र २४ महिने निःशुल्क आई टी र बाल विकास सहजकर्ता कार्यक्रम सञ्चालनमा रहेको छ ।