Butwal Today

अमेरिकाबाट डीपोर्ट भएका थप १९ नेपाली स्वदेश फर्किए

२० भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाण्डौ, २० भदौ ।

अमेरिकाले देशनिकाला डीपोर्ट गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाडौं आएका छन् । डीपोर्ट भई स्वदेश फर्किनेमध्ये दुई महिला र १७ पुरुष रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले उनीहरूको आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा सोधपुछका लागि नेपाल प्रहरीले जिम्मा लिएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।

यसअघि विभिन्न चरणमा अमेरिकाबाट दुई सय १५ जना नेपाली डीपोर्ट भई नेपाल फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?