© २०२३
काठमान्डौ, १९ भदौ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन ।
नेपाल सहकारी पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित तथा व्यवस्थीत बनाउन सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।
सहकारीका क्षेत्रमा एक वर्षभित्र धेरै कानूनहरु बनाउन सफल भएको भन्दै मन्त्री अधिकारीले त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।
उनले सहकारी क्षेत्रको सुधारका लागि ऐनलाई टेकेर आवश्यक नियम, कार्यविधि बनाउनुपर्नेमा जोड दिएका छन । कार्यविधि बनाउदा विज्ञ, कानूनविद् सबैलाई राखेर आवश्यक सुधार गर्न सकिने उनको भनाइ छ । .
उनले सहकारीका बेतिथि देखिएका नियमनका लागि केहि बाध्यात्मक व्यवस्था गरिएको भन्दै सहज रुपमा आएपछि नियमनका प्रावधानलाई क्रमश खुल्ला गर्न सकिने जिकिर गरे ।