Butwal Today

नेपाली कांग्रेसले सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा अघि सर्ने

१९ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १९ भदौ ।

नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिका लागि रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार नेकपा एमालेले उम्मेदवार नदिने भएपछि खतिवडा निर्विरोध निर्वाचित हुने वातावरण बनेको छ ।

विपक्षी दलसँग आवश्यक बहुमत नपुग्ने भएकाले चुनावी प्रतिस्पर्धा हुने सम्भावना छैन ।

यसअघि खतिवडा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति थिए । कुलिङ अफ पिरियडसम्बन्धी प्रतिवेदन आएको विवादपछि उनले राजीनामा दिएका थिए ।

त्यसपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भएकी थिइन् । न्यौपाने हाल राज्य व्यवस्था समितिको सभापति बनेपछि सुनुवाइ समितिको नेतृत्व फेरि रिक्त भएको हो ।

सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि साँझ ५ बजे हुने छ । समितिकी सहसचिव निर्मलादेवी लामिछानेका अनुसार आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ ।