ट्रेंडिंग:

>> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण

सडकका लागि अवैध संरचना हटाइँदै

१९ भाद्र २०८२, बिहीबार
१९ भाद्र २०८२, बिहीबार

सल्यान, १९ भदौ ।

आठ मिटरको चौडा सडक स्तरबृद्धि तथा कालोपत्रेका लागि सल्यानको सिद्धकुमाख गाउँपालिकाले क्षेत्राधिकारभित्र पर्ने सबै अवैध घर, टहरा र अन्य संरचनाहरू हटाउने भएको छ । वडा नं. ५ ढोरचौरदेखि फलाटेसम्मको ८ मिटर चौडा सडक स्तरोन्नति तथा कालोपत्रे आयोजना सञ्चालनमा आउने भएको हो ।

जसका लागि प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कंडेलले १६, भदौमा सूचना जारी गरेर १५ दिनभित्र स्थानीय बासिन्दाहरूलाई आफ्नै पहलमा अवैध संरचना हटाउन आग्रह गरेका छन् ।

कालोपत्रेका लागि दुई करोड ३० लाख रुपैयाँ लागत अनुमान रहेको गाउँपालिकाले जनाएको छ । सडक स्तरबृद्धिका लागि बुधबारदेखि सर्वेको कार्य सुरु भैसकेको छ ।

तोकिएको समय सीमा भित्र अवैध संरचना आफैले नहटाएमा गाउँपालिकाले सम्बन्धित संरचना हटाउने र यस प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट कानुन अनुसार असुल गरिने जनाएको छ ।

सूचनामा भनिएको छ, “तोकिएको म्यादभित्र पनि अवैध घर टहरा तथा बनेका संरचनाहरू नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम गाउँपालिका आफैले घर टहरा तथा बनेका संरचना हटाई जग्गा खाली गर्ने र त्यसरी अवैध घर टहरा तथा बनेका संरचनाहरू खाली गर्दा लागेको खर्चहरू सम्बन्धित व्यक्ति/संस्थाबाट कानुन बमोजिम असुल उपर गरिने छ ।”

सिद्धकुमाख गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत बजेट र कार्यक्रमअनुसार सडक निर्माण गर्न लागेको हो । सडक स्तरबृद्धि तथा कालोपत्रे भएसँगै त्यस क्षेत्रका बासिन्दाहरूका लागि यातायातमा सहजता, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सडक स्तरोन्नति र कालोपत्रे नहुँदा त्यस क्षेत्रमा लामो समयदेखि यात्रु र गाडी सञ्चालनमा कठिनाइ देखिएको छ । अब ८ मिटर चौडाइको फराकिलो सडक निर्माण भएपछि पैदल यात्री, सवारी साधन र व्यापारिक गतिविधिमा सहजता आउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?