© २०२३
काठमाडौं, १९ भदौ ।
सरकारले हालसम्म ८७ हजार ९७९ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको जनाएको छ ।
बिहीबार संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अहिलेसम्म ६ लाख ३५ हजार ५४५ इम्बोस्ड नम्बर प्लेट छपाइ भइसकेको जानकारी दिए ।
त्यस्तै, नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्न नहुनेबारे उठेका प्रश्नमा उनले सर्वोच्च अदालतको फैसलाले नै मार्ग प्रशस्त गरिसकेको उल्लेख गरे ।
“हामीले राहदानी र सवारी चालक अनुमतिपत्र अंग्रेजीमै छापेका हौँ । परराष्ट्र मन्त्रालयका कामकाज र अन्तर्राष्ट्रिय टेन्डरहरू पनि अंग्रेजीमै हुने गरेका छन् । त्यसैले यसले नेपाली भाषा लोप हुन्छ भन्ने हुँदैन,” मन्त्री दाहालले भने ।