© २०२३
बुटवल, १९ भदौ ।
साइकल सिटी बुटवलले एक दिने अपहिल साइक्लिङ च्याम्पियन प्रतियोगिता आयोजना गर्न लागेको हो । भदौ २८ गते बुटवल नुवाकोट अपहिल साइक्लिङ च्यालेन्ज प्रतियोगिता हुन लागेको छ ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीका साइक्लिङ प्रेमीहरूलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको बुटवल साइकल सिटीका अध्यक्ष बिनोदजङ कार्कीले जानकारी दिए ।
प्रतियोगितामा जुनीयर तर्फ १४ वर्ष देखि १७ वर्ष सम्मका बालबालिका बीच र खुल्ला गरी दुई भागमा प्रतिस्पर्धा हुने कार्कीको भनाई छ । तराईमा मात्र चलाइने साइकल पहाडमा समेत चलाउन सकिन्छ भन्ने उद्देश्य रहेको प्रतियोगितामा जुनियर तर्फ प्रथम हुनेले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र पाउने छन् ।
दोस्रो हुनेले ७ हजार, कप, मेडल प्रमाणपत्र पाउने छन् । तेस्रो हुनेले ५ हजार, कप, मेडल, प्रमाणपत्र र चौथो हुनेले ३ हजार, पाँचौ हुनेले १५ सय नगद हात पार्ने छन् ।
खुल्लातर्फ प्रथम हुनेले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले ७ हजार कप, मेडल, प्रमाणपत्र पाउने छन् तेस्रो हुनेले ५ हजार, कप, मेडल र प्रमाणपत्र चौथो हुनेले ३ हजार, पाँचौँ हुनेले १५ सय नगद पाउने बुटवल साइकल सिटीका उपाध्यक्ष बिमल बस्नेतले बताए ।
पछिल्लो समय बुटवलमा साइक्लिङ प्रतियोगिता नभएको र यो प्रतियोगिताले साईक्लिीङ गर्ने खेलाडीहरूलाई थप ऊर्जा मिल्ने उपाध्यक्ष बस्नेतको भनाई छ ।